Comments Add Comment

अाजबाट होटेल अन्नपूर्णमा अष्ट्रेलियन शैक्षिक मेला सुरू

३० असार, काठमाडौं । राजधानीको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा अाजदेखि अष्ट्रेलियन शैक्षिक मेला-२०७४ सुरु हुने भएको छ । आयोजकले अष्ट्रेलिया पढ्न जाने विद्यार्थी र अभिभावकलाई मेला अवलोकनका निम्ति आग्रह गरेको छ ।

परिवर्तन भैरहने अष्ट्रेलियाको ऐन, नियम कानुन र शिक्षा प्रणालीका बारेमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको बताउँदै वान अपका प्रतिनिधि गोपाल सिटौलाले भने,’हामी उच्च शिक्षा अध्ययनको निम्ति अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको बारेमा गम्भिर छाैं, त्यहाँ गईसकेपछि के कस्ता अवसर र चुनौति छन् भन्नेबारेमा मेलामा जनकारी गराउनेछाैं।’

प्लाटिनम स्पोन्सर प्यासिफिक कलेज अफ टेक्नोलोजीका अध्यक्ष प्रदिप ढकालले अष्ट्रेलियाको भन्दा नेपालका केही कलेजहरू महंगा भएको दाबी गरे ।

उनले भने,’हामीमा एउटा भ्रम छ, अष्ट्रेलिया लगायत अन्य मुलुकको भन्दा हाम्रै देशमा कुनै विद्यालय महंगा छन्, हाम्रो यो मेलाको एउटै उद्देश्य अष्ट्रेलिया बसेर अध्ययनसँगै जीवन व्यबस्थित गर्ने क्रममा अनेक संघर्ष गर्नुपर्छ, त्यहाँ पुग्दा के के गर्ने के नगर्ने कहाँ पढ्ने जस्ता कुराका बारेमा हामी जानकारी दिनेछौँ, हाम्रो विद्यालयमा नेपाल लगायत ३५ देशका विधार्थीहरू पढ्छन्, हामीले नेपाली विधार्थीलाई सक्दो सहज तरिकाले पढ्ने वातावरण सिर्जना गर्नेमा हामी छौँ । ‘

आसर ३० र ३१ गते दुईदिनसम्म सञ्चालन हुने मेलाको उद्घाट्न नेपालका लागि अष्ट्रलियन राजदूत पिटर बडले गर्दैछन् ।  बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म अवलोकनकर्ताले निःशुल्क सुविधा लिन सक्ने मेलाका संयोजक रबिशंकर झाले जानकारी दिए ।

त्यस्तै, आयोजकका अनुसार उक्त मेलाको लागि नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त भएको छ ।

उक्त मेला अष्ट्रेलियामा रहेको अष्ट्रेलियन एजुकेशन कन्सलट्यान्टस् एलायन्सको प्रस्तुतिमा हुने समेत आयोजकले जनाएको छ ।

मेलाको पार्टनर सिड्नी मेट्रो कलेज, प्लाटिनम ईस्पोन्सर प्यासिफिक कलेज अफ टेक्नोलोजी, सिल्भर ईस्पोन्सरहरु मा एविसि एजुकेशन एण्ड माईग्रेशन, एक्सपर्ट एजुकेशन एण्डा भिसा सर्भिसेस, हिमाअस एजुकेशन कन्सलट्यान्ट र टुर एण्ड ट्राभल पार्टनरमा एभरेष्ट एण्ड टुर रहेको आयोजकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment