Comments Add Comment

युर्निभर्सल कलेजले अझै विद्यार्थी भर्ना लिएन

३० असार, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज चिकित्सा शिक्षाको विशेषज्ञ तह पीजी अन्तर्गतको एमडी/एमएस्का विद्यार्थीहरुलाई योग्याताका आधारमा आईओएमले तोकेकै शुल्कमा विद्यार्थी भर्ना लिन सहमत भएको छ ।

सर्वोच्च अदालतको असार १५ गतेको अन्तरिम आदेश तथा डीन कार्यालयको पत्र अनुसार नै कलेजले आइओएमले तोकेकै शुल्क ३० लाख ९९ हजार ३ सय ९६ रुपैया भन्दा नबढ्ने गरी ५ जना विद्यार्थीको भर्ना लिन सहमति जनाएको हो ।

‘हिजो दिउँसोसम्म बढी रकम माग्दै आएको उनीहरुले राती बोलाएर आइओएमले तोकेको भन्दा बढी शुल्क लिदैँनौ भनेर लिखित कागत गरेपछि हामीले भर्ना गरेका छौं’, वीरजञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना भएका एक विद्यार्थीले भने, ‘तर अहिलेसम्म कहिलेदेखि कक्षामा उपस्थित हुने भन्ने विषयमा उताबाट केही जानकारी आएको छैन ।’

यद्यपी, कलेजले दिएको सहमति पत्रकै आधारमा आफूहरु कलेज भर्ना हुन तयार भएको विद्यार्थीहरुले बताएका छन् ।

यसबारे थप जानकारी लिन खोज्दा कलेजसित फोन सम्पर्क हुन सकेन । त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम) को प्रवेश परीक्षा लिएर ६१ जना छनौट गरेको थियो । उनीहरु मध्ये ६ जनालाई नेशनल मेडिकल कलेज तथा २९ जनालाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अध्ययनका लागि पठाइएको थियो ।

सबै प्रकृया पूरा गरेर पनि योग्यताक्रमका आधारमा आईओएमले तोेकेकै शुल्कमा भर्ना हुन नपाएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए ।

नेशनल मेडिकल कलेजले अन्तिम समयमा विद्यार्थी भर्ना लिएको छ । तर, भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले भने अझै पनि विद्यार्थी भर्ना गर्न मानेको छैन । डीन कार्यालयले तोकेको शुल्क ३१ लाख बाहेक जाच शुल्क, लइब्रेरी शुल्क लगायत विभिन्न शीर्षकमा थप १० लाख बढी बुझाउन भनेका छन् ।

कलेज भर्नाका लागि भैरहवा पुगेका विद्यार्थीहरुको समूहले रुपदेन्दीस्थित जिल्ला प्रशासन कार्यालय समक्ष निवेदन दिएका थिए ।

कलेजले आईओएमले तोकेकै शुल्कमा भर्ना गर्न नमानेको विद्यार्थीहरुले बताएका छन् । एक विद्यार्थीले भने, ‘कलेजले ताकिएकै शुल्कमा भर्ना गर्न लिएको छैन । हामी अहिले पुनः जिल्ला प्रशासन कार्यालय जाँदैछाैं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment