Comments Add Comment

काठमाडौंका गरिबलाई परिचयपत्र दिइने, साझा बसमा निःशूल्क यात्रा

३० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र बाँड्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका गरिब घर परिवारको पहिचान गर्ने बताएका छन् ।

गरिब पहिचान गरेर परिचयत्रपत्र दिने र उनीहरुलाई साझा बसमा निःशूल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइने महानगरको नीति तथा कार्यक्रममा नै उल्लेख छ ।

गरिब तथा सीमान्त परिवारका लागि विशेष सुविधाहरु पनि उपलब्ध गराइने मेयर शाक्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment