Comments Add Comment

कांग्रेस गुल्मीको ठहरः स्थानिय निर्वाचनमा सोचे अनुरुप परिणाम आएन

३० असार, गुल्मी । नेपाली कांग्रेस गुल्मील स्थानीय तह निर्वाचनमा अपेक्षा अनुसार परीणाम नआएको बताएको छ । यद्यपि उसले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ

शुक्रवार साँझ पत्रकार सम्मेलन गरेर कांग्रेस गुल्मीले जिल्लामा सोचे अनुरुपको परिणाम नआएको जनाएको छ । जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जिल्लामा सोचे अरुनुप परिणाम नआउनु र आफूले नै निर्वाचनमा पराजय भोग्नु परेकोले राजीनामा दिएको बताएका थिए । उनले चारैतिरबाट दबाव आएका कारण आफ्नो राजिनामालाई स्वीकृत नभएको दाबी गरे ।

श्रेष्ठले निर्वाचनमा एमालेले पैसाको प्रलोभन देखाएको बताए । मतदातादेखि आफना निर्वाचित जनप्रतिनिधिलाई पैसाको प्रलोभन देखाएको उनको दाबी छ ।

जिल्लाका १२ स्थानिय तहमध्ये ४ मा कांग्रेसले जितेको छ । जिल्लामा रहेका ९३ वडा मध्ये ३१ वडामा अध्यक्ष निर्वाचित भएको सभापति श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment