सोमबार, ९ असोज, २०७४
OnlineKhabar.com

त्रिपुरा सुन्दरीः ऐतिहासिक सुन्दरता (फोटो फिचर)

भरतबन्धु थापा

डोल्पा जिल्ला खासगरी हिमाली सौन्दर्य अवलोकन र विकट भूगोलमा फरक जीवनशैलीका लागि बढी चिनिन्छ ।

तर, यो भूगोलमा प्राकृतिक खजाना मात्र छैन, महत्वपूर्ण धार्मिक स्थल पनि छ । त्रिपुराकोटमा रहेको बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर त्यस्तो धार्मिक सम्पदा हो, जसको ठूलो ऐतिहासिक मूल्य रहेको स्थानीयहरु बताउँछन् । यो मन्दिर सयौं वर्ष पुरानो रहेको उनीहरुको दाबी छ ।

दुवैतर्फ खोलाको बीचमा रहेको थुम्कोमा अवस्थित मन्दिर कति वर्ष पुरानो हो भन्ने यकिन भने गरिएको छैन ।

मन्दिरको ऐतिहासिकताबारे बताउनुपरेमा यहाँका स्थानीय मन्दिर परिसरमा रहेको बेडुको रुख कति प्राचीन थियो भन्ने चर्चा गर्छन् । मन्दिरका पूजारी भूपेन्द्र न्यौपाने पनि त्यसमै सही थाप्दै सो रुख एक हजार वर्ष पुरानो भएको र त्यसकै आधारमा मन्दिर कति पहिलेको थियो होला भन्ने आकलन गर्नुपर्ने बताउँछन् ।

‘मैले सुने अनुसार पुरातत्व विभागले एक सय वर्षभन्दा पुरानो सम्पदालाई आफ्नो अभिलेखमा समेट्छ रे’, पूजारी न्यौपानेले भने, ‘यो मन्दिरको ऐतिहासिक पक्ष निक्र्योल गर्न राज्यले उचित ध्यान देओस् ।’

मन्दिर धार्मिक तथा ऐतिहासिक रुपले महत्वको भए पनि आवश्यक प्रचारप्रसार हुन नसक्दा पर्याप्त धार्मिक पर्यटक आउने गरेका छैनन् । यहाँ स्थानीय र अन्य जिल्लाका गरी बर्सेनि करिब २५ हजार भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

मन्दिरको अक्षयकोषका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले मन्दिरको स्थापनाको विषयमा चर्चा गर्ने क्रममा त्रिपुरकोट गढीमा सातौं शताब्दीमा राजा विक्रम शाहीको दरबार रहेको उल्लेख गरे । ‘अहिलेको त्रिपुरा सुन्दरी मन्दिर पछाडि कोट रहेको ठाउँमा ती राजाको दरबार थियो’, उनले बताए ।

किंवदन्ती अनुसार, सोही दरबार क्षेत्रमा रहेको धान कुट्ने ओखल उत्खनन गर्दा उडेका पुतलीहरुमध्ये एउटा पुतली बसेको ठाउँमा त्रिपुरा सुन्दरी मन्दिर स्थापित भएको हो । देवीहरु नै पुतलीका रुपमा प्रकट भएको धार्मिक मान्यता छ ।

अन्य पाँच पुतलीमध्ये एउटा कोटदेखि पारि गुदम्ब भन्ने थुम्कोमा बस्यो, ती देवीलाई मालिका भनिन्छ । अर्को पुतली जुम्लाको सिजादराको लामाथाडा टाकुरामा बस्यो, त्यो ठाउँ अहिले कनिका सुन्दरी मन्दिरको नामले प्रसिद्ध छ । तेस्रो पुतली नेपालगञ्जको बागीश्वरी मन्दिरले प्रख्यात छ भने अर्को पुतली बसेको बसेको ठाउँमा सल्यानको खैराबाग भगवती मन्दिर बनाइयो । पाँचौं पुतली बाजुराको बडीमालिका देवीका रुपले प्रख्यात छ ।

‘दशैंको बेला भक्तजनको चाप थेग्न हम्मे पर्छ’

लक्ष्मीकान्त उपाध्याय
अध्यक्ष, बाला त्रिपुरा सुन्दरी मन्दिर विकास अक्षयकोष

मन्दिर निकै पुरानो भए पनि प्रचारप्रसार हुन सकेको छैन । मन्दिरमा रहेका अनगन्ती समस्यामध्ये मुख्य समस्या पानीको अभाव हो । भक्तजनलाई जल चढाउन समेत पानीको अभाव हुने गर्छ ।

दुई खोला बीचको टाँकुरामा मन्दिर रहेकाले यहाँ पानीको आपूर्ति गर्न समस्या छ । खोलासम्म गएर पानी ल्याउन साढे २ घण्टा लाग्छ । पानी व्यवस्थापनका लागि पहल भइरहेकोले यो समस्या चाँडै समाधान हुने आशा गरेका छौं ।

मन्दिरको अर्को समस्या विभिन्न ठाउँबाट आउने तीर्थालुहरु बस्ने धर्मशाला नहुनु हो । यसका लागि पनि हामी पहल गरिरहेका छौं । हामीले मन्दिरको भेटीबाटै भक्तजनका लागि खानपिनको समेत व्यवस्थापन गर्दै आएका छौं ।

मन्दिरमा बर्सेनि दशैंको बेला नौरथाभरि मेला लाग्छ । मेला हेर्न डोल्पालीहरुका साथै देशका विभिन्न भेगबाट तीर्थालु आउँछन् । त्यो समयमा भक्तजन र साधुसन्तलाई बासको व्यवस्था मिलाउन हामीलाई हम्मे पर्ने गर्छ ।


२०७४ असार ३१ गते २०:२० मा प्रकाशित (२०७४ साउन १ गते १७:२४मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

११ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १५:१७

    Thank you Online Khabar, it is very important.In our Limbu culture we worship all Hindu goddess, Bishnu and Siva as well. I think Tripurasundari also our shared goddess like Matha Pathivara!!
    Sebaro !!
    My concern is that Archologoly Department must act NOW, from today to preserve this very old temple, with retrofit and earthquake resistance support structure. Dolpa is in the high earthquake prone area and hence this work is VERY VERY URGENT.

    63
    3
    Share

  • Rajan Pokharel ( Homnath pahadi) लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १५:२२

    derai ramro thau 2055 salama yo thau ma ma pani pugeko chhu ati sundar ja tripura sundari mata sabai ko kalyan hosh

    26
    1
    Share

  • naresh pun लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १६:३४

    yo mandir herema darsan garema man shanti hunxa manle chaheko pugxa abasya darsan garna jam thank u onlinekhabar

    4
    0
    Share

  • Nanda Nebang लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १६:४०

    Lack of promotion and information dissemination along with transportation also problem only one air transportation.

    3
    0
    Share

  • Ramesh Lama लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १८:००

    Wonderful Tripura Mandir of Tripurakot in Dolpa. One has to climb down to Bhitti from Juphal airport and walk for a couple of hours. I am proud that I did have a wonderful meeting with CO members of the area long back.

    2
    0
    Share

  • नवराज अधिकारी लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १८:३०

    शक्तीपीठ श्री त्रिपुरासुन्दरी माईले सबैको कल्याण गरुन । मैले पनि दर्शन गरेको छु । यसको उचित स‌रक्षणमा लागी परी रहुनु भएका श्री लक्ष्मीकान्त उपाध्याय शरलाई धेरै धेरै बधाई छ ।

    14
    0
    Share

  • mukund ranjitkar लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १५:०६

    Mandir ko itihas dinu parne ho r photo haru ma kaha ko photo ho lekhnu hola thaha huncha. hawai photo bhayko bhaya kasto ramro hune thiyo.

    0
    0
    Share

  • एस आर खत्री लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १६:४९

    देशको नेताहरुलाइ त्रिपुरासुन्दरि माइले सदबुद्धि प्रदान गरुन, यिनिहरुको मति पलाओस ।

    जय त्रिपुरासुन्दरि भगवती माइ !!!!

    1
    3
    Share

  • Kamala Rana लेख्नुहुन्छ    |   २०७४ साउन ५ गते १२:१४

    Tripura Sundari Mata Ki Jay Ho…

    1
    0
    Share

  • dinesh tripthee लेख्नुहुन्छ    |   २०७४ साउन ८ गते १०:१८

    matwopurna shaktipitth. jayamataki

    2
    0
    Share

  • महेश कुमार गौतम लेख्नुहुन्छ    |   २०७४ भदौ ४ गते १०:२४

    त्रिपुरासुन्दरीको दर्शन पाउँदा खुशी लाग्यो । मन्दिरको जिर्णोद्वार र त्रिपुराकोट गाउँका घरहरुको विकास भएको देख्दा झनै आनन्द आयो । रल्ली, रुम लगायत पहाडा जाने उकालो बाटोको दृश्य देख्न पाउँदा खुशी लाग्यो । डोल्पाको विकास हुँदै जाओस ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this