+
+

सूचनाको हकको ग्यारेण्टी गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

रामहरी ओझा रामहरी ओझा
२०७४ असार ३१ गते १८:२८

३१ असार, डोटी । जनताको सूचना पाउने हक सुनिश्चित गर्ने डोटीका जनप्रतिनिधिहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ डोटी शाखाद्वारा आयोजित अन्तरक्रियामा नवनिर्वाचित जनप्रतिनिधिहरुले सूचनाको हक सम्वन्धी ऐन, २०६४ ले गरेको व्यवस्था अनुसार जनताको सूचना पाउने हक सुनिश्चित गर्ने बाचा गरेका हुन् ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले सूचनाको हकलाई व्यवस्थित गर्नका लागि आफुहरु सक्रिय रुपमा लाग्ने बताइन् । ‘मलाई जनताले दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा निर्वाचित गरेका छन्’ उनले भनिन्, ‘म र हाम्रो नगरपालिका मातहतमा रहेका सवै निकायहरुले नियमित रुपमा सूचना सार्वनजिक गर्नेछन् भन्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

यस्तै शिखर नगरपालिकाका मेयर सिताराम जोशीले नागरिकले सूचना पाउने अधिकारको पूर्ण रुपमा सम्मान गरिने बताए । उनले पत्रकारहरु पनि सदरमुकाममुखी मात्र नभएर जिल्लाका दुर दराजका समस्याहरु पनि उजार गरिदिन आग्रह गरे ।

अहिले पनि धेरै योजनाहरुमा उपभोक्ताहरुले सूचना नपाएको आफुलाई अनुभुति भएको बताउँदै उनले भने ‘जनताले सूचना पाउनु पर्छ भन्ने कुरामा हामी प्रतिबद्ध छौं ।’

केही योजनामा कामै नगराई भुक्तानी लिएको भन्ने कुरा आएको र त्यस बारेमा खोजी हुन पर्ने समेत जोशीले बताए ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जनताको सूचनाको हकलाई सुनिश्चित गर्न तत्काल व्यवस्था मिलाउने बताए । उनले सूचनाको संरक्षण र प्रवर्द्धन गर्नका लागि आफु कटिबद्ध भएर लाग्ने बताए ।

पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जनताले सूचना पाउने अधिकारको सुनिश्चित गर्नका लागि त्रैमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले तत्काल गाउँपालिकाको वेवसाईट निर्माण गर्ने बताए । ‘जनताले सूचना माग्न आएमा हामी जति सक्दो छिटो सूचना पाउने गरि व्यवस्था मिलाउने छौं’ अध्यक्ष बोगटीले भने, ‘यसका लागि मैले मिलाउनु पर्ने मेकानिजम मिलाउछु ।’

यस्तै सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आफु बिगतमा कुनै सार्वजनिक निकायमा रहेर सूचना अधिकारीको भुमिका निर्वाह गरिसकेको बताउँदै भने ‘मैले सूचनाको महत्व बुझेको छु, त्यसकारण जनताले सूचना सहजै पाउने व्यवस्था मिलाउने छु ।’

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खड्काले जुन सार्वजनिक निकायले सूचना लुकाउछ त्यो निकायमा अनियमितता हुन्छ भन्ने बुझ्नु पर्ने बताए । ‘प्रमुख जिल्ला अधिकारीको हैसियतले सूचनाको हक सम्वन्धि ऐन कार्यान्वयन गर्ने क्रममा म पूर्ण रुपमा लाग्नेछु’ खड्काले भने ‘जनप्रतिनिधिहरुले पनि पारदर्शी बन्न र सुशासन कायम गर्नका लागि सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु ।’

नेपाल पत्रकार महांघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षता र सचिव गणेश जोशीको सञ्चालनमा भएको कार्यक्रममा अग्रज पत्रकार शंकर थापाले सूचनाको हक सम्वन्धि ऐन, २०६४ को महत्वको बारेमा प्रकास पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?