Comments Add Comment

सुर्खेतको वीरेन्द्रनगरको बजेट साढे ६५ करोड

३१ असार, काठमाडौं । ६ नम्वर प्रदेशको सम्भावित राजधानीका रूपमा हेरिएको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागी निति तथा कार्यक्रम र बजेट पारित गरको छ ।

शनिबार भएको पहिलो नगरसभावाट कुल ६५ करोड ५४ लाख ३ हजार वजेट विभिन्न शीर्षकमा विनियोजन गरिएको हो ।
नगरपालिकाले आन्तरिक राजस्व ५ करोड २९ लाख ९८ हजार र अन्तर स्थानिय वित्तिय हस्तान्तरणको ६० करोड २४ लाख ५ हजार रुपया विनियोजन गरको छ । नगरपालिकाले २९ करोड १९ लाख वजेट पुँजिगत तर्फ छुट्याएको छ ।

नगरसभामा “साथ तपाईंको, नेतृत्व हाम्रो, हामी बनाउँछौँ वीरेन्द्रनगरलाई राम्रो” भन्ने बजेट तथा कार्यक्रम पारित गरिएको हो ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवम नगरका उपप्रमुख मोहनमाया ढकालले सवै वडामा वडा कार्यालय स्थापना, वडा कार्यालयलाई आधारमानी फि्र वाईफाई जोन तोक्ने, छोरी जन्म वचत कार्यक्रम, आमा बा चौतारी कार्यक्रम, दलित तथा विपन्न महिलाका लागी आय आर्जन कार्यान्वयनको चरणमा रहेको नगरसभामा जानकारी दिए ।

यस्तै हिंसा पिडित महिलाका लागी हेल्प डेस्क सञ्चालन, संचारकर्मि सहयोग कोष निर्माण, अपाङग प्रतिभा प्रस्फुटन कार्यक्रम, पर्यावरणीय बाल पार्क निमार्णको काम गरिने पनि नगरपालिकाले बताएको छ ।

नगरपालिकाका अध्यक्ष देवकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवि दुर्गाकेशर खनालको प्रमुख आतिथ्यता र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्र कोईरालाको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै क्षेत्रिय प्रशासक महेन्द्र गुरागाई, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानिय विकास अधिकारी अमृत लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment