Comments Add Comment

कैलालीमा १ अर्ब ३५ करोड बिकास बजेट फ्रिज

१ साउन, कैलाली । कैलालीमा गत आर्थिक वर्षमा पूँजीगत खर्च ७९ दशमलब १३ प्रतिशत मात्रै खर्च भएको छ । ६ अर्ब ५० करोड बजेट बिनियोजन भएकोमा ५ अर्ब १३ करोड खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जानकारी दिएको छ ।

कैलालीमा गत आर्थिक वर्षमा आएको बजेटमध्ये २० दशमलव ८७ प्रतिशत फिर्ता भएको छ । चालु तर्फको खर्च भने ८५ दशमलव १ प्रतिशत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मदनराज पाण्डेले कैलालीमा यो वर्ष १ अर्ब ३५ करोड बिकास बजेट फ्रिज भएको जानकारी दिए । उनले गत आर्थिक वर्ष ०७२/७३ भन्दा ०७३/७४ मा खर्च कम भएको बताए । उनले निकासीमा हुने ढिलाई र प्राविधिक कारणले बजेट फ्रिज हुने गरेको बताए ।

कैलालीमा सबैभन्दा बढी हुलाकी सडक कार्यालय, जलउत्पन्न कार्यालय, राष्ट्रिय गौरवको रानिजमरा सिचाईं आयोजनाको ९९ प्रतिशतभन्दा बढी रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

गत बर्ष कैलालीमा सबैभन्दा बढी सहरी तथा भवन डिभिजन कार्यालयको रकम फ्रिज भएको थियो । गत आर्थिक वर्षमा भवन डिभिजनको कुल बजेटको ३८ प्रतिशत मात्र खर्च भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनले जिल्ला समन्वय समितिको कुल बजेटमा ८७ प्रतिशत खर्च भएको बताए । कैलालीमा असार महिनामा सबैभन्दा बढी रकम खर्च भएको छ । पाण्डेले असारमा मात्रै कुल बजेटको ३२ प्रतिशत रकम खर्च भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment