Comments Add Comment

चुनावको समीक्षामा जुट्यो माओवादी, सचिवालयको विस्तारित बैठक सुरु

२ साउन, काठमाडौं । स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा जिल्ला इञ्चार्जहरुको समेत उपस्थिति छ ।

बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने छ ।

बैठकको सुरुमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नेछन् । रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले निर्देशनात्मक मन्तव्य राख्ने माओवादी केन्द्रले जनाएको छ ।

देश माओवादीको एजेण्डामा चलिरहे पनि जनतालाई बुझाउन नसक्दा चुनावमा परिणाम राम्रो नआएको माओवादी नेताहरु बताउँछन् ।

तस्वीर: प्रचण्डको सचिवालय 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment