+
+

३५ बर्षमा प्रियंका, एउटा फोटोले बदलिएको थियो करिअर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते १:१०


हलिउडमा समेत प्रभाव पार्न सफल बलिउड नायिका प्रियंका चोपडा ३५ वर्ष लागेकी छिन् । सन् १९८२ मा भारतको मजशेदपुरमा जन्मिएकी प्रियंका १३ वर्षको उमेरमा पढ्नका लागि वोस्र्टन गएकी थिइन् । तीन वर्षपछि भारत फर्केकी प्रियंकाले बरेलीको सैनिक स्कुलवाट प्लस टु उत्तिर्ण गरेकी थिइन् ।

स्कुल पढ्दा उनलाई साथीहरुले ‘काली-कलुटी’ भनेर जिस्क्याउँथे । सानो छँदा प्रियंका काली थिइन् । कतिपयले भन्ने गर्छन् मोडलिङ सुरु गर्दासम्म पनि प्रियंकाको लुक खासै लोभलाग्दो थिएन ।

उनको बुबाको चाहना थियो कि छोरी उच्च शिक्षाको लागि अष्ट्रेलिया पढ्न जाओस् । प्रियंका पनि उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् । कलेज भर्नाको लागि उनले खिचाएको तस्विरले नै उनको भाग्य बदलेको थियो ।

कलेज भर्नाको लागि खिचाएको पासपोर्ट साइजको फोटो नै पहिलो पटक उनकी आमाले ‘मिस इण्डिया’ कार्यक्रममा पठाइदिएकी थिइन् । त्यहि फोटोको आधारमा उनी ‘मिस इण्डिया’का लागि छनोट भएकी थिइन् । सोही प्रतियोगिता नै उनको करिअरको महत्वपूर्ण आधार बन्यो । ‘मिस वल्र्ड’मा उपाधि जितेपछि प्रियंकाले कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।

सन् २००३ मा बनेको ‘द हिरो’वाट करिअर सुरु गरेकी उनले ‘अन्दाज, ऐतराज, कृष, फेशन, डन’ लगायत ५० बढी चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समय हलिउड सिरियल ‘क्वान्टिको’मा काम गरेकी प्रियंकाले हलिउड चलचित्र ‘बेवाच’मा पनि काम गरिन् । अहिले उनी ‘क्वान्टिको-३’ मा ब्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?