Comments Add Comment

गोर्खाल्याण्ड आन्दोलनलाई दिल्ली केन्द्रित गर्ने निर्णय

३ साउन, इलाम । गार्खाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा भइरहेको आन्दोलन अब दिल्ली केन्द्रित गरिने भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै रहनेछ ।

मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ्गको आन्दोलनलाई जारी राख्दै केन्दि्रय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ ।

१५ दल र आन्दोलनलाई समर्थन गर्ने बुद्धिजीवीहरुको सहभागिता रहेको बैंठकले कमिटीले दिल्लीमै धर्ना, अनशन, सेमिनार गर्नुका साथै सरकारका मन्त्रीहरुलाई भेटेर गोर्खाल्याण्डको पक्षमा लबिङ्ग गर्ने निर्णय गरेको छ ।

बैंठकले आन्दोलनलाई थप सशक्त बनाउनका लागि दुई वटा समिति बनाउने निर्णय गरेको छ । एउटा समितिले सिक्किमसँग सहयागका लागि लबिङ गर्ने र अर्को समितिले पश्चिक बंगाल सरकारलाई भेटेर दबाव दिने र पहाडमा गरिएको खाद्यान्न नाकाबन्दी हटाउन माग गर्ने छ । आन्दोलनलाई मार्ग दर्शन गर्ने एक उच्चस्तरीय बुद्धिजीवीहरुको समिति पनि बनाउने कमिटिले निर्णय गरेको छ ।

दार्जिलिङ्गलगायत पहाडमा भइरहेको आम हड्ताल र प्रदर्शन जारी राख्ने आन्दोलनकारीहरुको निर्णय छ । छुट्टै राज्य गार्खाल्याण्डको माग गर्दै पाँच हप्ताअघिदेखि शुरु भएको आन्दोलनमा नौं जना आन्दोलनकारीको ज्यान गइसकेको छ ।

एक महनादेखि दार्जिलिङ्गलगायत पहाडी क्षेत्रमा आम हड्ताल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment