१९ जुलाई, दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सदस्यता आवेदनको अन्तिम रिपोर्ट २१ जुलाईमा आउने भएको छ ।
आवेदन दिएर बसेका कतारमा रहेका प्रवासी नेपालीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतिक्षामा रहेका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार च्याप्टरको आवेदनको अन्तिम मितिसम्म ३ हजार ५१ जनाको आवेदन परेको थियो ।
पहिले जस्तो यसपाली सदस्यता लिने प्रमाण नपुगी अवेदन फारम भरेकाहरुका लागि समय थप गरिएको छैन ।
यसैगरी कतारमा रहेका समाजिक अभियानता तथा समाजिक सस्थामा अगुवाई गरिरहेका ब्यक्तित्वका भनाइ अनुसार यो पटक स्वइच्छाले सदस्यता लिनेहरुको समेत कमी छैन ।