+

बार्सिलोनाले भन्यो-नेयमारले क्लब छाड्दैनन्

२०७४ साउन  ४ गते १७:३९ २०७४ साउन ४ गते १७:३९
बार्सिलोनाले भन्यो-नेयमारले क्लब छाड्दैनन्

४ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयरमाले क्लब छाड्न लागेको खबरहरुको स्पेनिस क्लब बार्सिलोनाले खण्डन गरेको छ ।

पछिल्लो दिनमा नेयमार फ्रान्सेली क्लब पीएसजी जाने चर्चा छ । ब्राजिलकै एक पत्रिकाले त पीएसजी जान नेमायर सहमत भइसकेको दाबी गरेको छ ।

तर, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमूले बीबीसीसँग कुरा गर्दै नेयमारले क्लब नछाड्ने बताएका छन् ।
२५ वषर्ीय नेयारमा २०१३ मा बार्सिलोना गएका थिए र क्लबसँग उनको सम्झौता सन् २०२१ सम्म छ । उनले गत सिजन ला लिगामा १३ गोल गरे तर, उपाधि भने रियल मडि्रडले जितेको थियो ।

बार्सिलोना गएपछि नेयमारले च्याम्पियन्स लिगका साथै दुई सिजन ला लिगा र तीन सिजन कोपा डेल रेको उपाधि उचालेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय