यो सिजनमा ननभेज परिकारलाई धेरैले कटौती गर्छन् । यस्तो अवस्थामा राम्रो विकल्प हो, च्याउ अर्थात मशरुम । च्याउमा बेबी कर्न, जो सुपरस्टोरहरुमा सजिलै पाइन्छ, मिश्रणले तपाईको जिब्रोको स्वाद फेर्छ । यसलाई पकाउनमा धेरै समय खर्चनु पर्दैन । यो रोटी र भातसँग सर्भ गर्न सकिन्छ । अतः यहाँ स्वादिलो च्याउ-बेबी कर्नको परिकार बनाउने विधी दिइएको छ ।
सामग्री
– डल्ले च्याउ -बटन मशरुम)- २ प्याकेट
– बेबी कर्न- १ प्याकेट
– तेज पत्ता- केहि
– हरियो प्याज- १ कप काटेको
– हरियो धनिया- काटेको
– प्याज- २ वटा
– लसुन- १० केस्रा टुक्रा बनाएको
– अदुवा र लसुनको पेस्ट- २ चम्चा
– रातो खुर्सानी पेस्ट- २ चम्चा
– गरम मसला- १ चम्चा
– मरिच पाउडर- एक चम्चा
– बेसार- एक चम्चा
– नुन- स्वाद अनुसार
– टमेटो केचप- ४ चम्चा
– सोया सस- १ चम्चा
– कागति जुस- २ चम्चा
– कर्नफ्लोर- १ चम्चा
– तेल- १ चम्चा
विधी
१. एउटा भाडामा तेजपत्ता हालेर रोस्ट गर्ने । त्यसमाथि तेल तताउने ।
२. काटेको लसुन हालेर भुट्ने । त्यसमाथि गरम मसला हाल्ने ।
३. प्याज भुट्ने । प्याज गुलाबी भएपछि त्यसमा हरियो प्याज हालेर एक मिनेट पकाउने ।
४. त्यसमाथि लसुन र अदुवाको पेस्ट, खुर्सानीको पेस्ट हाल्ने ।
५. अब गोलभेडाको सस, सोया सस हाल्ने ।
६. केहि समयपछि मरिच पाउडर, बेसार, नुन र कागतिको रस हाल्ने ।
७. अब च्याउलाई दुई-दुई टुक्रा गर्ने । त्यसैगरी बेबी कर्न पनि स-सानो टुक्रा गर्ने ।
८. दुबैलाई तयारी ग्रेभीमा हालेर १० मिनेटजति पकाउने ।
९. ३ चम्चा पानीमा कर्नफ्लोर मिसाउनुहोस् । यसलाई ग्रेमीमा मिलाउनुहोस् । अब ग्रेभी तयार हुन्छ ।