Comments Add Comment

भूकम्पपीडितलाई घरको नक्सा पास निःशुल्क

६ साउन, धनकुटा । धनकुटा नगरपालिकाको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउँदा नक्सा बनाउन लाग्ने शुल्क मिनाह हुने निर्णय गरेको छ ।

भूकम्पपीडितले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय गरेको धनकुटा नगरपालिकाको पहिलो बैठकको अध्यक्षता मेयर चिन्तन तामाङले गरेका थिए ।

भूकम्पपीडतले घरनक्सा बापतको तिर्नुपर्ने न्यूनतम शुल्क १० हजारदेखि ४० हजारसम्म रकम छुट हुने नगरपालिकाका प्रवक्ता जमशेर राईले जानकारी दिए ।

धनकुटा नगरपालिकामा दुई हजार ७९६ घरधुरी भूकम्पपीडितमध्ये तीनलाख घर निर्माण अनुदान पाउने करिब ४२७ जना रहेको नगर कार्यपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताए ।

नगरको पहिलो बैठकबाट धनकुटा बजार क्षेत्रको सवारी पार्किङ व्यवस्थापन, राजश्व परामर्श, बजेट तर्जुमा, स्रोत अनुमान लगायतका १३ वटा समिति गठन भएको छ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment