Comments Add Comment

अर्घाखाँचीमा जिससका लागि कांग्रेसलाई एक भोटको कमी

७ साउन, अर्घाखाँची । जिल्लाका ६ मध्ये ४ स्थानीय जितेर सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसलाई जिल्ला समन्वय समितिको नेतृत्व लिन एक मतको आवश्यकता परेको छ ।

जिल्ला समन्वय समिति गठनका लागि आवश्यक बहुमत नभएको र कांग्रेस–माओवादी तालमेल गरेर स्थानिय तह चुनावमा लडेकाले कांग्रेस र माओवादी समन्वय समितिमा मिल्ने धेरैको आँकलन छ ।

जिल्लाका ६ स्थानीयतहमध्ये कांग्रेसले ४ प्रमुख र २ उपप्रमुख जितेको थियो । माओवादीको १ प्रमुख र २ उपप्रमुख छन । एमालेबाट १ प्रमुख र २ उपप्रमुखमा गरी ३ जना निवाचित भएका छन् । कांग्रेस र माओवादी मिलेमा जिल्ला समन्वय समितीमा बहुमत पुग्छ ।

कांग्रेसविरुद्ध एमाले र माओवादी एक भएमा भने ६÷६ हुन्छ । एमाले–माओवादी मिल्दा बहुमत नपुग्ने भएकाले र विगतमा कांग्रेस–माओवादीबीच सहमति बनिसकेकाले नयाँ समीकरण बन्ने सम्भावना क्षीण छ ।

कांग्रेसका आकांक्षी

जिल्ला समन्वय समितीको प्रमुख बन्नका लागि कांग्रेसबाट आकांक्षीहरु देखा परेका छन । कांग्रेसका पूर्वजिल्ला सभापति पिताम्बर भुसाल नै दौडमा जिसस प्रमुखको दौडधुपमा लागेका छन् । उनी स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए ।

सितगंगा नगरपालिका प्रमुखमा दाबी गरे पनि अन्तिममा वडा सदस्यमा उठेका छविलाल पौडेलले पनि जिसस प्रमुखको आकांक्षा देखाएका छन् ।

कांग्रेसले ६ ठाउँमा प्रमुख र उपप्रमुख जितेकोले कांग्रेसबाट आकाक्षी बढी देखिए पनि समन्वय समितीमा को आउने भनेर पार्टीभित्र कुनै छलफल नभएको जिल्ला उपसभापति शान्ता भण्डारीले बताइन् ।

नेकपा एमालेबाट समन्वय समितीको प्रमुखका लागि आकांक्षीहरु चर्चामा आएका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment