+
+
Shares

विवेकशील र साझा पार्टी एकता नजिक, सामुहिक नेतृत्वमा जाने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ९ गते १५:३१

९ साउन, काठमाडौं । आफूलाई वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएका विवेकशील नेपाली पार्टी र साझा पार्टी एकीकरणको प्रयास अन्तिम चरणमा पुगेको छ ।

सैद्धान्तिक र वैचारिक विषयहरु लगभग मिलिसकेको र केही प्राविधिक कुराहरु मिल्न बाँकी रहेको दुवै पक्षका नेताले बताए ।

पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । तर, एकीकृत पार्टीलाई उज्ववल थापाले नेतृत्व गर्ने कि रविन्द्र मिश्रले भन्नेमा कुरा मिलेको थिएन ।

अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएको छ । निकट भविष्यमा एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिने छ ।

साझा पार्टीका वार्ता टोली संयोजक सुर्यराज आचार्यले एक महिनाभित्र एकता गर्ने गरी प्रयास भइरहेको जानकारी दिए । ‘सैद्धान्तिक र वैचारिक पक्षहरुमा हामी पहिलेदेखि नै नजिक थियौं, त्यसले यसमा समस्या छैन,’ उनले अनलाइनखबरसँग भने, ‘बीचमा कुनै नयाँ अड्चन आएन भने बढिमा एक महिनाभित्रै एकता हुन्छ ।’

विवेकशीलका वार्ता टोली संयोजक रमेश पौडेलले पनि छलफल सकारात्मक दिशामा अगाडि बढिरहेको बताए । ‘मूल्य र मान्यताको राजनीतिलाई स्थापित गर्ने सोचका साथ चाँडो भन्दा चाँडो एकता प्रक्रियालाई टुंग्याउने प्रयासमा छौं,’ पौडेलले भने ।

पहिलो चरणको स्थानीय चुनावका क्रममा काठमाडौं महानगरमा विवेकशील र साझा दुवै पार्टीका उम्मेदवारले राम्रो मत ल्याएका थिए । मेयरको उम्मेदवार विवेकशीलकी रञ्जु दर्शना तेस्रो स्थानमा र साझाका किशोर थापा चौंथो स्थानमा रहेका थिए ।

दोस्रो चरणको चुनावमा पूर्व जिल्लाहरुमा उम्मेदवारी दिएका दुवै पार्टीले खासै भोट बटुल्न सकेनन् । प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनावमा एकीकृत पार्टीका रुपमा भाग लिने र बलियो उपस्थिति जनाउने रणनीति यी पार्टीले लिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?