Comments Add Comment

मिनिबस दुर्घटनामा एकको मृत्यु

९ साउन, बिराटनगर । विराटनगरको रानी क्षेत्रमा सोमबार अपराह्न मिनिबस दुघटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते छन् ।

मलाया रोडको सुनसरी-मोरङ सिंचाई आयोजनाको नहर नजिकै को १ख ४१४ नम्बरको बस दुघर्टना हुँदा विराटनगर १५ का ४२ वर्षीय सञ्जित सिंहको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका ट्राफिक प्रहरी निरिक्षक मदन गिरीका अनुसार अनुसार दुर्घटनामा परी घाईते भएका सिंहको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको वस अनियन्त्रित भई वस सडकको वाया पेटीमा पल्टिएको थियो । घाइते यात्रुको कोशी अञ्चल अस्पताल लगायत अन्य निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment