Comments Add Comment

लमजुङमा बस दुर्घटना, ३० जना घाइते

१२ साउन, लमजुङ । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् ।

ना ५ ख ६३९५ नं. को बस कास्कीको मादी गाउँपालिका-८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए ।

कास्की-लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्दारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment