Comments Add Comment

पिसाब पोल्ने वा दुख्ने समस्या छ ? कारण यस्तो हुनसक्छ

यस्तो छ, घरेलु उपचार


गर्मी याममा धेरैले भोगेका हुनसक्छन्, पिसाब पोल्ने वा दुख्ने समस्या । केटा होस् वा केटी दुबैमा यस्तो समस्या हुन्छ । वास्तवमा यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन । किनभने पिसाबको माध्यामबाट शरीरको बिशाक्त पदार्थ बाहिर निस्कने हो । त्यसैले मुत्राशयसँग जोडिएको रोगबारे सर्तक हुनैपर्छ ।

गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ । तर, यो एकमात्र कारण भने होइन । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ । मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुने ।

पिसाब पोल्ने कारण

– मधुमेह हुनु

– मुत्रनलीको संक्रमण

– कलेजो सम्बन्धी रोग

– मेरुदण्डमा कुनै चोट लाग्नु

– शरीरमा पानीको मात्रा नपुग्नु

– मुत्रमार्गमा संक्रमण हुनु

– मृगौलामा पथरी हुनु

के हुन्छ लक्षण ?

– मुत्राशयमा पीडा हुन्छ

– पिसाब दुर्गन्धित हुन्छ

– पिसाबको रंग गाढा पहेंलो हुन्छ

– पिसाब थोरै-थोरै आउनु

– पटक पटक तर थोरै पिसाब आउनु

यस्तो छ घरेलु उपचार

– पर्याप्त पानी पिउनुहोस् । संभव भएसम्म हरेक एक घण्टामा पानी पिउनुहोस् । यसले मुत्राशयमा रहेको हानिकारक व्याक्टेरिया पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

– कहिले कहिं मनतातो पानी पिउँदा पनि पिसाबको पीडा कम हुन्छ । थोरै पानी काँचो दुधमा मिसाएर पिउनुपर्छ, आरम हुन्छ । यसका साथै थोरै फिटकिरी पानीमा राखेर पिउन सकिन्छ ।

– यस्तो फल एवं सब्जीको सेवन गर्नुहोस्, जसमा सिटि्रक एसिड अधिक हुन्छ । यसले युरिन इन्फेक्सन गराउने ब्याक्टेरिया नष्ट हुन्छ ।

– राती एक चम्चा धनिया पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस् । बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुपर्छ ।

– पिसाब पोल्ने समस्यामा अनारको जुस पनि लाभदायक हुन्छ ।

– सुकुमेल र बदामलाई मिश्रीसँग पिसेवर एक गिलास पानीको साथमा पिउनुपर्छ ।

– चामलको माडमा थोरै चिनी मिसाएर पिउनुपर्छ ।

– पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ ।

– सरसफाईमा ध्यान दिनुहोस् । दिनमा तीन चार पटक आफ्नो गुप्ताङ्ग धुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment