+
+

घातक बन्दै मौसमी एन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो 

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते ६:००

१५ साउन, काठमाडौं । राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पीडीएस०९ भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।

मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङजाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रुप लिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?