Comments Add Comment

तीन जना नेपालीलाई १ बुक तास !

१५ साउन, काठमाडौं । नेपालमा प्रचलित कानूनअनुसार तास खेल्नु सामाजिक अपराध हो । तर, विभिन्न चाडपर्व विशेष गरी दशैं, तिहार, साथीभाइसँगको जमघट, उत्सव, पिकनिक जस्ता कार्यक्रममा तास खेल्नु आम प्रचलनजस्तै भइसकेको छ । के तपाईं हामीलाई प्रत्येक ३ जना नेपालीले औषतमा १ बुक तास प्रयोग गरिरहेका छौं भनेर थाहा त ?

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत आर्थिक वर्षमा १४ करोड ६५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ९७ हजार बुक तास भित्रिएको छ । उक्त तथ्यांकलाई आधार मान्दा वार्षिक रुपमा औसत ३ जना व्यक्तिले १ बुक तास प्रयोग गरिरहेका छन् ।

नेपालले चीन, भारत, मलेसिया, ताइवान, बेलायत र अमेरिकालगायत मुलुकबाट आयात गरिएको तास प्रयोग गरिरहेको छ । यी मुलुकमध्ये पनि सबैभन्दा बढी तास चीनबाट नेपाल आउँछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment