+
+

मामाघर हिँडेकी सिपाही बनेपाको जंगलमा मृत फेला

रासस रासस
२०७४ साउन १५ गते ९:३३

१५ साउन, बनेपा । नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् ।

काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमानसँग भिन्न भएर बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक राईले शनिबार बिहानैदेखि उनी हराएको र बेलुका ५ बजे उनको शव फेला परेको उल्लेख गर्दै घटनाको अनुसन्धान भएपछि वास्तविकता खुल्ने बताए । उनी बिहीबार मामाघर आएकी थिइन् ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?