Comments Add Comment

सौगात भन्छन्-‘निखिलसँग काम गर्दा मनमा डर थिएनँ’


साउन २७ गते दुई स्टार एकसाथ पर्दामा आउँदैछन् । नायक निखिल उप्रेती र सौगात मल्ललाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना चलचित्र ‘संरक्षण’ले पुरा गर्दैछ ।

निखिल सिंगल थिएटरका लागि सफल मानिन्छन् भने सौगातलाई मल्टिप्लेक्समा पुग्ने दर्शकले बढी रुचाएका छन् । नायक सौगात मल्ल यो चलचित्रमा ‘डीएसपी थारु’को भूमिकामा देखिएका छन् । मधेसको समस्यालाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

नायक सौगात मल्ल चलचित्रमा मल्टिस्टार कलाकार भएपनि खासै फरक नपरेको बताउँछन् । उनका अनुसार, चलचित्रमा सबैको भूमिका सशक्त छ । यस्तै, उनले नायक निखिल उप्रेतीसँग पर्दा शेयर गर्दा कुनै पनि थ्रेट महुशश नगरेको सुनाए । उनले भने-‘निखिल दाई आफैमा अब्बल कलाकार हुनुहुन्छ । साथमा, उहाँ सहयोगी कलाकार पनि हो ।’ सौगातका अनुसार, दुबैको भूमिका पावरफूल छ ।

निर्माता प्रदिपकुमार उदय चलचित्रको कथावस्तु, प्रस्तुती र स्टार कलाकारका कारण पनि व्यापारमा सफल हुनेमा विश्वस्त छन् । पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, स्वेता शाह, नन्दु श्रीवास्तवको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment