+
+
Shares

निखिल, निशा र वर्षाले टुंग्याए ‘कस्तुरी’ छायांकन, फिल्म कहिले आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १२:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कस्तुरी' को छायांकन ३५ दिनमा टुंगिएको छ र निर्देशक ऋत बोहोराले गाउँका केही दृश्य र गीतबाहेक छायांकन सकिएको बताए।
  • फिल्ममा निखिल उप्रेती, निशा अधिकारी र वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् र यो फिल्ममा रहस्य र अपराधका कथावस्तु समेटिएको छ।
  • 'मिसन पैसा' जोडी निखिल र निशा डेढ दशकपछि एकसाथ पर्दामा देखिनेछन् र प्रदर्शन मिति केही दिनमा घोषणा गरिनेछ।

काठमाडौं । निखिल उप्रेती, निशा अधिकारी र वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘कस्तुरी’ को छायांकन टुंगिएको छ । छायांकन सुरु भएको ३५ दिनमा इन्ड-क्ल्याप भएको जनाइएको छ ।

निर्देशक ऋत बोहोराले गाउँका केही दृश्य र गीतबाहेकको फिल्म छायांकन सकिएको जनाए । काठमाडौं आसपासमा खिचिएको फिल्ममा रहस्य र अपराधका कथावस्तु समेटिएको छ ।

यो फिल्ममा ‘मिसन पैसा’ जोडी निखिल र निशालाई पनि देख्न सकिन्छ । डेढ दशकपछि यी दुईजना कलाकार एकसाथ पर्दामा देखिन लागेका हुन् । हालैको प्रतिनिधिसभा चुनाव सकिएलगत्तै निशा छायांकनमा पुगेकी थिइन् ।

फिल्ममा शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो । निर्माता धीरज अग्रवाल हुन् । सह-निर्मातामा अञ्जली चौधरी छिन् । आलोक शुक्लाले खिचेको फिल्ममा प्रमुख सह-निर्देशकको रुपमा ललित विष्ट छन् ।

संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन् । निर्देशक बोहोराले यस फिल्मको प्रदर्शन मिति केहि दिनपछि घोषणा गर्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?