News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा क्षेप्यास्त्रको भग्नावशेष खसेर एक भारतीय नागरिक सामान्य घाइते भएका छन्।
- अबुधाबीको वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरेको यूएई रक्षा मन्त्रालयले जनाएको छ।
- अधिकारीहरूले अफवाहबाट बच्न आधिकारिक स्रोतबाट मात्र सूचना लिन सुझाव दिएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक भारतीय नागरिक घाइते भएका छन् ।
आबुधाबीको राज्य सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै यसको पुष्टि गरेको हो ।
वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकेपछि यो घटना भएको बताइएको छ । घटनामा एक भारतीय नागरिकलाई सामान्य चोट लागेको उल्लेख छ।
अधिकारीहरूले आधिकारिक स्रोतबाट मात्रै सूचना लिन भनेका छन् । अफवाह वा अप्रमाणित जानकारीबाट बच्न र त्यस्ता जानकारी अरूसँग साझा नगर्नु पनि अधिकारीहरूले सुझाएका छन् ।
समाचार एजेन्सी पीटीआईले पनि अबुधाबीमा क्षेप्यास्त्रको भग्नावशेष खसेर एक भारतीय नागरिक घाइते भएको रिपोर्ट गरेको छ।
सोमबार अबुधाबीमा सफलतापूर्वक अवरोध गरिएपछि अल-शवामेख क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक भारतीय नागरिकलाई सामान्य चोट लागेको अधिकारीहरूलाई उदृत गर्दै पीटीआईले भनेको छ ।
देशको वायु रक्षा प्रणाली इरानी क्षेप्यास्त्र र ड्रोनबाट हुने खतराको सामना गर्न व्यस्त रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ।
आबुधाबी क्षेत्रमा सुनिएका आवाजहरू क्षेप्यास्त्र र ड्रोनहरूको अवरोधका कारण भएको रक्षा मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया 4