News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले एनआईएसएसए लिग फुटबल उपाधि जितेका छन्।
- प्रिमियरको फुटबल टोलीले सेमिफाइनलमा द ब्रिटिस स्कुललाई २–० ले पराजित गर्यो र फाइनलमा पेनाल्टीमा ५–४ ले जीईएमएसलाई हरायो।
- प्रिमियरको बास्केटबल टोलीले १२ औं जेभियर इन्टरनेसनल यू १९ टुर्नामेन्टमा अपराजित रहँदै उपाधि जित्यो।
९ चैत, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले फुटबल र बास्केटबलका दुई प्रमुख अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन्।
विद्यालयको फुटबल टोलीले नेपाल इन्टरस्कुल स्पोर्टस् एसोसिएसन (एनआईएसएसए) लिग फुटबल उपाधि जितेको हो भने बास्केटबल टोलीले १२ औं जेभियर इन्टरनेसनल यू १९ बास्केटबल टुर्नामेन्टमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ।
फुटबलतर्फ, प्रिमियरले सेमिफाइनलमा द ब्रिटिस स्कुललाई २–० ले पराजित गर्यो। फाइनलमा जीईएमएससँगको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै उपाधि आफ्नो पक्षमा पार्यो। टोलीका गोलकिपर रेजिश न्यौपाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
त्यस्तै, बास्केटबलतर्फ प्रिमियरले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जित्यो । टोलीले लिग चरणमा गोल्डेन गेट कलेजलाई ४६–४४, दिव्या कलेजलाई ७०–२१, जेभियर बीलाई ९१–१८ ले हरायो ।
क्वार्टरफाइनलमा टाइम्स कलेजलाई ५३–११, सेमिफाइनलमा जेभियरलाई ७३–६१ र फाइनलमा बीकेएसपी बंगलादेशलाई ६७–४३ ले पराजित गर्दै उपाधि हात पार्यो।
प्रतिक्रिया 4