+
+
Shares

‘पारस’ मा निखिलसँगै निरुता पनि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १५:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री निरुताले आगामी एक्सन फिल्म 'पारस' मा निखिल उप्रेतीसँग अनुबन्धित भएकी छन्।
  • फागुन अन्त्यदेखि कृषा चौलागाईं निर्देशित 'पारस' को छायांकन सुरु हुने तयारी छ।
  • भारतीय पटकथाकार सचिन लादियाले 'पारस' को पटकथा लेखेका हुन्।

काठमाडौं । आगामी एक्सन फिल्म ‘पारस’ मा घरेलु फिल्मका दुई पुराना स्टारहरू निखिल उप्रेती र निरुता सिंहलाई एकसाथ देख्न पाइने भएको छ । अभिनेत्री सिंह बुधबार यो फिल्ममा अनुबन्धित भएकी छन् ।

कृषा चौलागाईंले निर्देशन गर्ने यो फिल्म फागुन अन्त्यदेखि छायांकनमा जाने तयारीमा छ । निरुताले फिल्म साइन गर्ने वित्तिकै यो फिल्मकी को-एक्ट्रेस प्रियंका कार्कीले निरुतासहितको संयुक्त फोटो सेयर गरेकी थिइन् ।

फिल्ममा जसिता गुरुङलाई पनि देख्न सकिन्छ ।

प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।

कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो । चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?