
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक तथा अभिनेता निखिल उप्रेतीले भारतको पश्चिम बंगालस्थित डुअर्समा आगामी फिल्म 'आचार्य'को छायांकन गरिरहेका छन्।
- डुअर्समा निखिल, अभिनेत्री पूर्णिका सिजापति र भारतीय कलाकारले इन्डिया ट्राभल विषयवस्तुको दृश्य छायांकन गरिरहेका छन्।
- छायांकनपछि टोली विहारको बागडुगरा र ठाकुरगञ्जमा छायांकन गर्ने र २५ दिनपछि नेपाल फर्कने तयारीमा छ।
काठमाडौं । निर्देशक तथा अभिनेता निखिल उप्रेतीले भारतको पश्चिम बंगालस्थित डुअर्समा आगामी निर्देशकीय फिल्म ‘आचार्य’को छायांकन धमाधम गरिरहेका छन् ।
मौसमले साथ दिए अझै केही दिन त्यहाँ छायांकन चल्नेछ । सेटबाट केही तस्वीर प्राप्त भएको छ, जहाँ निर्देशक तथा अभिनेता निखिल अन्य कलाकारलाई एक्सन कट् भन्दैछन् ।
सेटमा भारतीय कलाकार र प्राविधिकहरू पनि देखिन्छ । निखिलसहित डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् ।
इन्डिया ट्राभलको विषयवस्तुको सुटिङ त्यहाँ भैरहेको हो । त्यसपछि विहारको बागडुगरा र ठाकुरगञ्जमा छायांकन गर्ने तयारी छ । २५ दिनपछि छायांकन टोली नेपाल आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4