+
+

निर्वाचन क्षेत्र निर्धारण आयोगलाई प्रधानमन्त्रीले भने-समयमै काम सक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १९:०५

१५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र प्रतिवेदन तयार गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलार्इ निर्देशन दिएका छन् ।

तोकिएको समयमा काम सम्पन्न गर्न सरकार २४ सै घण्टा सहयोग गर्न तयार रहेको भन्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । ‘तपाईहरु तोकिएकै समय भित्र आफ्नो काम सम्पन्न गर्नुहोस्,’ प्रधानमन्त्री देउवाले भने,’तपाईहरुलाई सरकारबाट चाहिने आवस्यक सहयोग २४ सै घण्टा हुन्छ ।’

आइतबार दिउँसो भेट्न आएका निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरुसंग देउवाले माघ ७ गते भित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नको लागि सरकारले तोकेको समयभित्र क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने विश्वाससमेत व्यक्त गरे ।

अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले २१ दिनको समय अवधि तोकेर क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले गत साउन ११ गतेदेखि काम सुरु गरेको छ ।

आयोगका पदाधिकारीहरुले सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरी छिट्टै विराटनर, जनकपुर, विरगंज, पोखरा, नेपालगंज, सर्खेत र धनगढीमा अध्ययन टोलि खटाउने तयारी गरिरहेको जानकारी प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?