+
+

शंकरको शीर खोज्दै सुन्दरीजल पुगे बोलबम तीर्थयात्री, यस्तो छ कारण

मिलन अधिकारी मिलन अधिकारी
२०७४ साउन १६ गते १८:२५

१६ साउन, काठमाडौं । साउन महिनाको सोमबार पहेलो कपडा लगाएकाहरु बोलबम-बोलबम भन्दै हिँडेको तपाईंले देख्नु भएकै होला । शिव मन्दिरमा शुद्ध जल चढाएर पूजा गर्ने बोलबमको प्रमुख विशेषता हो । चोखो शुद्ध भएर पवित्र जल चढाउँदै पूजा गरेमा शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ बोलबम यात्रुहरु टाढा-टाढाबाट खालि खुट्टा पैदल हिँडेर शिवालयमा जल चढाउन आइपुग्छन् । साउन महिनाको तेस्रो सोमबार पनि सुन्दरीजलमा शुद्ध जल लिन पुगेकाहरुको घुइँचो नै देखियो । उनीहरु २५ किलोमिटर लामो बाटो खालि खुट्टा पैदलै हिँडेर पशुपतिनाथ मन्दिर आइपुगे ।

पशुपतिनाथ मन्दिर किनार भएरै बग्ने वागमतीको पानी किन चढाईंदैन वा घरकै इनार वा धाराको पानी किन प्रयोग गरिँदैन ? किन शिवभक्तहरु सुन्दरीजल नै पुग्छन् ? हामीले यो प्रश्न सँस्कृतिविद डा. वासुदेवकृष्ण शास्त्रीसमक्ष राख्यौं ।

शास्त्री भन्छन्- शिवको प्रीय महिना साउन र त्यसमा पनि अझै प्रीय सोमबार भएकाले सोमबारको दिन व्रत बस्ने र शिवको पूजा गरिन्छ । यस दिन पवित्र जल शिवको शिरमा चढाउनाले शुभ फल मिल्छ । सुख, शान्ति, समृद्धि प्राप्त हुन्छ र मनोकांक्षा पूरा हुन्छ ।

अर्को कुरा सुन्दरीजल भगवान शंकरको शीरबाट आउने जलधारा हो । जटाबाट गंगा झरेकी छन् र तहाँबाट नदीनाला बनेका छन् । त्यसैमध्येको सुन्दरीजल पनि एक हो । यहाँको जल शुद्ध र चोखो हुन्छ भन्ने विश्वाससहित धार्मिक कार्यहरुमा प्रयोग गरिन्छ । वागमती नदी पनि पवित्र हो तर वागमतीको मुहान बागद्वारसम्मै पुगेर अझ पवित्र जल ल्याउन सुन्दरीजल पुगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?