+
+

मन्त्रिपरिषद् विस्तारमा कुनै गुनासो छैनः चिनकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १६ गते १८:१७

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मुख्य सचेतक चिनकाजी श्रेष्ठले मन्त्रिपरिषद् विस्तारमा आफ्नो कुनै गुनासो नभएको दाबी गरेका छन् । श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद् विस्तारलाई लिएर आफ्नो नाम जोडेल प्रचारप्रसार भइरहेकोमा भन्दै खण्डन समेत गरेका छन् ।

गत बुधबार भएको मन्त्रिपरिषद् विस्तारका क्रममा अन्तिम समयमा मन्त्रीको श्रेष्ठको नाम काटिएको थियो ।

यसलाई लिएर अनावश्यक प्रचार भएको भन्दै श्रेष्ठले भनेका छन्, ‘ पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पछिल्लो पटक मन्त्रिपरिषद विस्तारको क्रममा मेरो बारेमा पनि छलफल भएको सुनेको हुँ । तर, पार्टीले राम्रा र योग्य साथीहरुलाई सरकारमा पठाएको छ, यसमा मेरो कुनै गुनासो छैन ।’

साथै समावेशी सिद्धान्तका आधारमा नयाँ अनुहारका साथीहरु सरकारमा समावेश गरिनु सराहनीय भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?