+
+

आर्थिक समाचार: सांसदको निसानामा टेलिकम, फोरजी गुणस्तरीय बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १७ गते ६:००

१७ साउन, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल टेलिकमलाई १५ दिनभित्र देशभर चौथो पुस्ताको मोबाइल (फोरजी) सेवा वितरणको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

समितिको आइतवार बसेको बैठकले फोरजीको लाइसेन्स प्रतिस्पर्धी कम्पनिको तुलनामा छिटो पाए पनि टेलिकमले ढिालसुस्ती गरेको भन्दै देशभर यो सेवा विस्तारको विस्तृत कार्ययोजना माग गरेको हो ।

फोरजी विस्तार गर्न नसकेकोमा सांसदहरु टेलिकमसंग आक्रोशितलाई कारोबारले मुख्य समाचार बनाएको छ । ३९ जलविद्युत आयोजना निर्माण जोखिममालाई पनि कारोबारले लेखेको छ । महिलाद्धारा ४ अर्ब परिचालन लेखेको कारोबारले त्रिभुवन विमानस्थल सफाई अभियान सम्पन्नलाई एंकर बनाएको छ ।

विदेशमा मर्नेका आफन्तलाई दोब्बर राहतलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । टेलिकमको दैनिक डाटा खपत साढे २७ हजार जिबीलाई पनि नागरिकले लेखेको छ । त्यस्तै दैनिक पाँच लाख ३१ हजार थान नोट झुत्रालाई पनि नागरिकले लेखेको छ ।

भारतसँग चुलियो व्यापार घाटालाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । योजना आयोग उपाध्यक्षको राजीनामालाई लेखेको अन्नपूर्णले फोरजी सेवा देशभर पु¥याउदै टेलिकम पनि लेखेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सन्दर्भमा उर्जाका एजेन्डा प्राथमिकतामालाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । एक वर्षमा १ खर्बको इन्धन खपतलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

चपली सबस्टेशन र लैनचौर–चाबहिल केबल अण्डरग्राउण्ड परियोजना सन्दर्भमा प्राधिकरण–ठेकेदार विवाद उत्कर्षमालाई मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?