+
+

अत्तरखेलको टहरोमा वृद्धाको शव भेटियो

रुपन्देहीमा छोराद्वारा बुवाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १७ गते १३:१५
फाइल तस्वीर

१७ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा एक वृद्धा मृत फेला परेकी छन् । अत्तरखेलको बुद्धचोकस्थित एक टहरोमा अन्दाजी ९० वर्षीया कान्छी तामाङ मंगलबार बिहान मृत फेला परेकी हुन् ।

तामाङको शवलाई पोष्टमार्टको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

रुपन्देहीमा छोराद्वारा बुवाको हत्या

यसैबीच रुपन्देहीको मर्चवारी गाँउपालिका १ कोटिहवामा एक व्यक्तिले बुवाको हत्या गरेका छन् । स्थानीय ३५ वर्षीय लाल चाहीको कुटपिटबाट उनको बुवा ६० वर्षीय सन्तु चाहीको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएका सन्तुको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा सोमबार बिहान ८ बजे मृत्यु भएको हो । हत्यामा संलग्नलाई प्रहरी चौकी सुमेरुगढले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?