+
+

जर्जेज रिभर काउन्सिलको बहुसाँस्कृतिक सल्लाहकार आचार्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १७ गते १६:४४

१ अगस्ट, सिड्नी । अस्ट्रेलियामा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको जर्जेज रिभर काउन्सिल (हर्सभिल र कोग्रा) ले बहुसाँस्कृतिक सल्लाहकारमा अस्ट्रेलियामा कार्यरत पत्रकार ऋषि आचार्यलाई नियुक्त गरेको छ ।

काउन्सिलको मंगलबार बसेको बैठकले आचार्यसहित स्थानीय १४ वटा बहुसाँस्कृतिक समुदायको प्रतिनिधित्व हुने गरी सल्लाहकार समिति बनाएको हो ।

पत्रकार आचार्यका अनुसार सल्लाहकारहरुले काउन्सिललाई बहुसाँस्कृतिक मुद्दामा सुझाव दिने, काउन्सिलको बहुसाँस्कृतिक नीति तथा कार्यक्रम कार्यान्वन गर्न सहयोग गर्ने, काउन्सिल र स्थानीय समुदायको बीचमा सिधा सम्पर्क स्थापना गर्ने छन् ।

सल्लाहकार नियुक्त भएका आचार्यसहितको टिमले नेपालीसहित स्थानीय बहुसाँस्कृतिक समुदायको कला, संस्कृति, परम्परा, भाषा संरक्षण र प्रबर्द्धनको लागि काउन्सिललाई दीगो कार्यक्रम बनाउन मद्दत गर्ने छन् । सल्लाहकारको कार्यकाल दुई वर्ष रहेको छ ।

जर्जेज रिभर काउन्सिल हर्सभिल र कोग्रा काउन्सिलहरु एकीकरण भएर १२ मे २०१६ मा गठन भएको हो ।

यो काउन्सिलको कोग्रा, काल्टन, अलवा, हर्सभिल, पेन्सहर्ट, पिकहस्ट, मोर्टडेल, हर्सभिल ग्रोभ, हर्सभिल साउथ, रिभरउड, नारावि, बेभर्लिहिल्स सबअर्वहरुमा नेपाली समुदायको बाक्लो बसोवास रहेको छ ।

जर्जेज रिभर काउन्सिलले २०१५ मा हर्सभिल पुस्तकालयमा नेपाली भाषाको शाखा स्थापना गरेको थियो भने २०१३ मा पहिलो पटक नेपाली समुदायलाई लक्षित गरेर ओपन डे आयोजना गरको थियो ।

२०१४ मा नेपाली खाना र नृत्यहरु सहतिको नाइट मार्केट आयोजना गरेको थियो भने दुई महिना अघि महिलाहरुको लागि निःशुल्क पौडी कक्षा पनि संचालन गरेको थियो । उक्त काउन्सिलले अहिले नेपाली समुदायको प्रोफाइल बनाइरहेको पत्रकार आचार्यले बताए ।

पत्रकार आचार्य अस्ट्रेलिया र युरोपबाट एक दशकदेखि प्रकाशित भैरहेको नेपाली पत्र पाक्षिकका सम्पादक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?