Comments Add Comment

उत्तर कोरियाको चमत्कार, बनायो दुनियाकै अग्लो होटेल

आणविक हतियारका कारण विश्वमा खलबली मच्चाइरहेको उत्तर कोरियाले एउटा किर्तिमानी काम भने कुनै हल्लाखल्ला नगरीकनै सम्पन्न गरेको छ ।

उत्तर कोरियाले विश्वकै सबैभन्दा अग्लो होटेल निर्माण गरेको छ । राजधानी प्योंगयांगमा १ सय ५ तले उक्त भवनको हालै उद्घाटन गरिएको हो ।

सन् १९८७ देखि निमाणकार्य सुरु गरिएको रिगयोंग होटेल करीब ३० वर्षमा निर्माण पूरा भएसँगै भवन अनावरण गरियो ।

यो भवनको शिलान्यास हुने बेलामा वर्तमान तानाशाह किम जोंग उनका हजुरबा किम इल सुंग सत्तामा थिए । दुई वर्षमा निर्माण कार्य पूरा हुने भनिएको थियो तर ३० वर्ष लम्बियो । देशमा आर्थिक मन्दी तथा राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायको प्रतिबन्धका कारण होटेल निर्माण कार्य अघि बढ्न सकेन ।

सन् २०१० मा इजिप्टको ओरेस्कन कम्पनीले यो भवन निर्माण परियोजनाको ठेक्का लिने रुची देखायो । तर वर्तमान तानाशाह किम जोंग उन सत्तामा आएपछि सन् २०१२ देखि मात्र निर्माणले गति लियो । उन सत्तामा आएपछि यो होटेल भवन मात्र होइन उत्तर कोरियामा अन्य कैयन् गगनचुम्बी महलहरु ब्निरहेका छन् । त्यसमा प्योंगयांगमा रहेको ७० तले आवासीय भवन पनि एक हो ।

१ सय ५ तले किर्तिमानी भवन पिरामिड आकारको छ । कडा आर्थिक प्रतिबन्ध झेलिरहेको उत्तर कोरियाले यो भवनमा होटेल चलाउन सक्छ वा होटेल बन्द भएर त्यहाँ अन्य कार्यालयहरु स्थापना हुनेछन् त्यो चाहीँ समयले देखाउला । अहिले चाहीँ यो गगनचुम्बी होटेल भवन पूर्णरुपमा खाली रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment