Comments Add Comment

जन्तेढुङ्गा गाउँपालिकाको बजेट करिब २४ करोड

१८ साउन, खोटाङ । वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्दै खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको प्रथम गाउँसभा तथा अधिबेशन सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७४/०७५ का लागि २३ करोड ९५ हजार ९९३ रुपैयाँ बजेट पास गरेको हो ।

यसमध्ये नेपाल सरकार अर्थमन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान १४ करोड ४१ लाख ३० हजार, सशर्त अनुदान तर्फ ७ करोड ८७ लाख ९९ हजार, राजस्व आय प्रक्षेपण ७ लाख २५ हजार ५ सय ५०, अघिल्लो आ.ब.को नगद मौज्दात ६४ लाख ४१ हजार ४४२ रहेको छ ।

गाउँपालिकामा पुँजिगत -बिकास, आयोजना, कार्यक्रम) अन्तर्गत १० करोड ८६ लाख ४१ हजार ५६२ रकम छुट्याइएको छ ।

यस्तै आर्थिक क्षेत्र अन्तर्गत कृषि सम्बन्धी फरकफरक कार्यक्रमका लागि २९ लाख ३५ हजार रकम विनियोजन गरिएको छ ।

सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा क्षेत्रका विभिन्न कार्यक्रमको लागि ४६ लाख ५ हजार विनियोजन गरिएको अध्यक्ष राईले जानकारी दिए ।

खेलकुद तथा मनोरञ्जन अन्तरगत विभिन्न कार्यक्रमको लागि ४१ लाख ४२ हजार विनियोजन गरिएको छ ।

पूुर्वाधार विकास अन्तर्गत विभिन्न स्थानीय सडकहरुको लागि ३ करोड ६२ लाख ५० हजार विनियोजन गरिएको छ भने विद्युत क्षेत्रको लागि १ करोड ८ लाख ८४ हजार ४०० रुपैयाँ विनियोजन गरिएको छ ।

अधिबेसन गर्ने जिल्लाको यो पहिलो स्थानीय तह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment