Comments Add Comment

१ सय ११ मेगावाटको आयोजनाले सेयर जारी गर्ने, के छन् सबल पक्ष ?


१८ साउन, काठमाडौं । सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा रहेका मध्ये हालसम्मकै दोस्रो ठुला आयोजना बन्ने भएको छ, रसुवागढी हाइड्रोपावर कम्पनी ।

 

१ सय ११ मेगावाटको यो आयोजनाले पहिलो चरणमा कम्पनीले ऋणदाता कर्मचारी सञ्चय कोषलाई चुक्ता पुँजीको २४ प्रतिशत अर्थात् १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ (१ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको हो । यता, धितोपत्र बोर्डले हालै जलविद्युत कम्पनीले ऋणी संस्थालाई सेयर दिन नपाउने व्यवस्था गरेको छ ।

 

कम्पनीले दोस्रो चरणमा स्थानीयको लागि १० प्रतिशत सेयर र तेस्रो चरणमा १५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।

 

सबल पक्ष

 

चिलमे जलविद्युत (६२ प्रतिशत) र नेपाल विद्युत प्राधिकरणको (३८ प्रतिशत) सहलगानी

 

राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सरकारबाट प्रतिमेगावाट ५० लाख अनुदान प्राप्त गर्ने सम्भावना

 

दुर्बल पक्ष

 

भुकम्पको कारण यसअघिको सञ्चालन अवधि नाघेको (सन् २०१७ जुन)

 

हाल २०१९ अगष्टमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य सहितको फाइल प्राधिकरणमा पेश

 

सञ्चालन ढिलो हुने कारणबाट लाग्ने पेनाल्टी के हुने निक्र्यौल हुन बाँकी

 

२०१९ अगष्टमा आयोजना निर्माण सम्पन्न हुने नयाँ लक्ष्य र जनवरी २०१९ मा नेपाल विद्युत प्राधिकरणबाट ट्रान्समिशन लाइन बन्ने अपेक्षा

 

ट्रान्समिशन लाइन निर्माण शुरु हुन अझै बाँकी

 

विदेशी विनिमयमा नोक्सानको सम्भावाना, कम्पनीको कन्ट्रयाक दायित्व ५० प्रतिशत रहेको छ । (आयोजना सुरु यता नै नेपाली मुद्रा ५ प्रतिशतले अवमूल्यन भइसकेको छ)

 

निर्माण अवधि लम्बिएसँगै कन्ट्रयाक अवधि पनि लम्बिने सम्भावना (इपीसी कन्ट्रयाक लागत ९ अर्ब २८ करोड रुपैयाँ अर्थात ९ करोड २८ लाख डलर मध्ये ६ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी)

 

इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ प्रदान, आधारभुत पक्ष औसतभन्दा कमजोर

 

अन्य जानकारी

 

भोटेकोशी नदीमा आयोजना निर्माण हुने

 

सन् २०१२ मा अनुमती पाएको आयोजनाको अवधि ३५ वर्ष
विद्युत खरिद सम्झौता दर सुख्खायामको लागि ८.४ रुपैयाँ र वर्षायामको लागि ४.८ रुपैयाँ प्रतिमेगावाट प्रतिघण्टा

 

३० प्रतिशत भौतिक निर्माण काम सम्पन्न

 

कम्पनीले दोस्रो र तेस्रो चरणमा सेयर निष्कासन पछि संस्थापक सेयर स्वामित्व ५१ प्रतिशतमा सिमित हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment