+
+

दाङमा बोक्सी आरोपमा जेठाजुबाट बुहारी कुटिइन्

असुरक्षित भएपछि पीडित प्रहरी शरणमा

रासस रासस
२०७४ साउन १९ गते ७:४५

१९ साउन, दाङ । बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।

लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी छन् ।

पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन् ।

पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा संलग्न देखिएका व्यक्ति दोषी ठहरिएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?