Comments Add Comment

चितवनदेखि आउने गाडीलाई पहिरोले रोक्यो, मौसम प्रतिकूल हुँदा जहाज उडेन

१९ साउन, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोले सवारी आवागमन अवरुद्ध बनिरहेका बेला हवाई उडान समेत प्रभावित हुन पुगेको छ । मौसममा आएको खराबीले चितवनको हवाई उडान प्रभावित बनेको हो ।

मौसम प्रभावित भएपछि बिहानको समयमा काठमाडौंबाट भरतपुरका लागि उडान भर्ने चार उडान उड्न सकेनन् ।

भिजिविलिटी कम भएका कारण हवाई उडानमा समस्या भएको हो । चितवनमा गएरातिदेखि निरन्तर पानी परिरहेको छ ।

मौसमले साथ नदिँदा बिहान ६ः३०, ७ः००, ७ः३० र ८ः०० बजेको उडान प्रभावित बनेको भरतपुर नागरिक उड्डयन कार्यालय भरतपुरका उपप्रवन्धक केशव लम्सालले जानकारी दिए ।
भरतपुर विमानस्थलवाट अहिले दैनिक १६ देखि १७ उडान हुने गरेका छन् । बुद्ध एयरले ८–१० उडान भर्छ भने यति एयरको ४–५ उडान गर्दै आएको छ । सिम्रिक एयरले पनि दैनिक १ उडान भर्दै आएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारले सडक जोखिमपूर्ण बनेपछि हवाई यात्रुको चाप ह्वात्तै बढेको छ । सडक विस्तार हुनुभन्दा अघि भरतपुरबाट दैनिक ३ देखी ४ उडान हुने गरेको थियो । अहिले ३ गुणा बढि हवाई यात्रु वढेका छन् । पहिले साना विमानको उडान भर्ने बुद्ध एयरले अहिले सबै ठूला जहाज मात्र उडान गर्ने गरेको छ । भरतपुर विमानस्थलमा उडानको चापले गर्दा पार्किङ्मा समेत समस्या हुने गरेको छ ।

डक जोखिमपूर्ण बनेपछि हवाई यात्रुको चाप ह्वात्तै बढेको छ । सडक विस्तार हुनुभन्दा अघि भरतपुरबाट दैनिक ३ देखी ४ उडान हुने गरेको थियो । अहिले ३ गुणा बढि हवाई यात्रु वढेका छन् । पहिले साना विमानको उडान भर्ने बुद्ध एयरले अहिले सबै ठूला जहाज मात्र उडान गर्ने गरेको छ । भरतपुर विमानस्थलमा उडानको चापले गर्दा पार्किङ्मा समेत समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment