+
+

चुक्ता पुँजी जुटाउन समय मागे बस्तु विनिमय बजार सञ्चालकहरुले

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते १४:२३


२० साउन, काठमाडौं । बस्तु विनिमयका सञ्चालकहरुले हालै पारित बस्तु विनिमय बजार सम्बन्धि विद्येयकमा रहेको न्युनत्तम ५० करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधानलाई क्रमै सक्ने लागु गर्नुपर्ने माग गरेका छन् ।

 

धितोपत्र बोर्डले हालै आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन् । बस्तु विनिमय बजारको नियमनको अधिकार पाएसँगै धितोपत्र बोर्ड यससम्बन्धि छलफलमा जुटेको हो ।

 

कार्यक्रममा उपस्थित बस्तुवजार प्रवद्र्धक तथा संचालक व्यवसायीहरुले संचालक योग्यता सम्बन्धी व्यवस्थाले केहि कठिनाई आउन सक्ने पनि बताएका थिए ।

 

व्यवसायीहरुले उनीहरुको अधिकार तथा दायित्व, वस्तु बजार, क्लियरिङ्ग हाउस, वेयरहाउस लगायतका पूर्वाधारहरुका सन्दर्भमा बोर्डले तयार गर्न लागेको नियमावलीमा बिचार गर्न आग्रह गरेका छन् ।

 

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले लामो र अथक प्रयासपछि बस्तुबजार विधेयक पारित भएकोेले एकैैचोटी सवै विषय खोज्नुभन्दा पनि पहिले नियमनको दायरामा ल्याएर क्रमशः आवश्यक सुधार गर्दै जाने बताए । नेपालमा २०६४ सालदेखि बस्तु बजारको कारोवार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?