Comments Add Comment

जिसस बाग्लुङमा वाम–राप्रपा गठबन्धन विजयी

२१ साउन, बाग्लुङ । जिल्ला समन्वय समितिमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार भएको चुनावमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित भएका हुन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य उनले नेपाली कांग्रेसका लक्ष्मण आचार्यलाई चार मत अन्तरले पराजित गरेका हुन् । ढुंगानाले १२ र आचार्यले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिए ।

समितिका उपसंयोजकमा भने नेकपा (एमाले) का विष्णु भुसाल निर्वाचित भएका छन् । समितिका सदस्यमा एमालेबाट राजु केसी र रुपा विक, राजमोबाट ताराकुमारी पुन, माओवादी केन्द्रबाट झंकबहादुर कामी, दलबहादुर थापा र फुलकुमारी पुन तथा राप्रपाबाट डिल्ली आचार्य निर्वाचित भएका छन् ।

चुनावका लागि कांगेससँग आठ, एमालेसँग छ, माओवादी केन्द्रसँग दुई, राजमोसँग तीन र राप्रपासँग एक मत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment