+
+

आपूर्तिमन्त्री मण्डललाई गृहजिल्लामा २५ किलोको माला !

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते १७:३९

२२ साउन, बिराटनगर । मन्त्री भएपछि बधाई थाप्न गृह जिल्ला अाएका आपूर्तिमन्त्री शिवकुमार मण्डललाई मोरङमा २५ किलोको मालाले स्वागत गरिएको छ ।

मन्त्री भएपछि पहिलो पटक आइतबार गृहजिल्ला अाएका मन्त्री मण्डललाई बिराटनगर विमानस्थलमा जिल्लावासीले २५ किलोको मालासहित स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका तर्फबाट जिल्लाकै पहिलो मन्त्री बनेकोले २५ किलोको मालाले स्वागत गरिएको माओवादी केन्द्र मोरङका कार्यालय सचिव मुक्ति शर्माले बताए । ‘माओवादी केन्द्रका तर्फबाट मोरङ जिल्लाकै पहिलो मन्त्री बन्नुभएकोले उहाँलाई २५ किलोको मालाले स्वागत गरेका हौं,’ कार्यालय सचिव मुक्ति शर्माले भने ।

विमानस्थलमा मन्त्री मण्डलको स्वागतमा कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । विराटनगरपछि उनलाई रंगेली नगरपालिका र धनपाल गाउँपालिकाको कार्यक्रममा पनि स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै मन्त्री मण्डलले मोरङ्गको विकासका लागि आफूले यथाशक्य पहल गर्ने बताए । उनले गाउँगाउँमा पुगेको सिँहदरवारको अधिकारको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने बताए ।

मन्त्री मण्डलले जनतालाई सस्तो सुलभ दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि पहल गर्ने र बजार अनुगमनका क्रममा उपभोक्ता ठग्नेलाई कारवाही गर्न आवश्यक ऐन संसोधन गरेरे अगाडी बढ्न लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?