+
+

सामुदायिक अस्पताललाई युके समाजको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २३ गते १३:१८

२३ साउन, ओखलढुंगा । ओखलढुंगाको सदरमुकामको सामुदायिक अस्पतालमा संचालित ब्लड बैंकलाई ओखलढुंगा जिल्ला समाज युकेले मेडिकल फ्रिज हस्तान्तरण गरेको छ ।

अस्पतालका निर्देशक टुकबहादुर श्रीमललाई समाजका प्रतिनिधि तथा एनआएन युकेका सल्लाहकार शिवजी श्रेष्ठले फ्रिजको साँचो हस्तान्तरण गरेका हुन् ।

समाजले २ लाख ६० हजार मूल्य बराबरको फ्रिज हस्तान्तरण गरेपछि रगत संचित गरेर आवश्यकताअनुसार विरामीको उपचारमा उपयोग गर्न सकिने अस्पतालका प्रशासन प्रमुख बुद्ध श्रेष्ठले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाले स्थापना गरेको ब्लड बैंकमा साधारण फ्रिजमा ब्लड स्टोर गर्ने गरिएको थियो ।

९० पिन्ट रगत स्टोर क्षमता भएको फ्रिजमा ३० दिनसम्म रगत सुरक्षित राख्न सकिने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?