+
+
Shares

गाडीको ठक्करबाट एकको मृत्यु

 रासस   रासस  
२०७४ साउन २३ गते १४:४३

२३ साउन, इटहरी । सुनसरीको इनरुवा नगरपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार मध्यान्ह १.३० बजे को१च ९४३२ नम्बरको कारले सडकमा हिँडिरहेका सुनसरी भुटाहा-३ निवासी ७० वर्षीय जालिम मियाँको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका मियाँको जिल्ला अस्पताल इनरुवामा पु¥याइएपछि मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

उनीसँगै हिँडिरहेका नरसिंह-६ का ५५ वर्षीय रतिश अन्सारी पनि गम्भीर घाइते भएको र उनको जिल्ला अस्पताल इनरुवामा प्राथमिक उपचारपछि तत्कालै न्यूरो अस्प्ताल विराटनगरमा थप उपचारका लागि पठाइएकोे छ ।

दुर्घटना गर्ने कार र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिई कारबाही अघि बढाइसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?