+
+

भानु नगरपालिकाको बजेट ५२ करोड ४७ लाख

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २३ गते १४:५२

२३, साउन, तनहुँ । तनहुँको भानु नगरपालिकाको नगरपरिषद्ले चालु आर्थिक वर्षका लागि ५२ करोड ४७ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

गत असार ३१ गतेका लागि तय गरिएको नगरपरिषद् नगरपालिकाका मेयर र उपमेयर आफु मातहतमा रहने गरी १ करोड ३० लाख रकम राख्न खोजेको भन्दै एमाले सम्वद्ध सदस्यहरुले बिरोध गरेपछि रोकिएको थियो ।

कार्यपालिकाबाट नै रकम खर्च गर्ने सहमति पछि विवाद समाधान भएर परिषद् भएको हो ।

मेयर उदयराज गौंलीले प्रथम नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

नगरपालिकाद्वारा विनियोजित बजेटमा पूँजिगत तर्फ कुल बजेटको ४५.७३ प्रतिशत २३ करोड ९९ लाख ६८ हजार र चालु तर्फ ५४.२७ प्रतिशत अर्थात २८ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

बजेटमा सशर्त अनुदान तर्फ २४ करोड २९ लाख ८९ हजार, समानिकरण अनुदान तर्फ २४ करोड ८४ लाख ६४ हजार रहने अनुमान गरिएको छ ।

नगरपालिकाले अनुदानमा शिक्षा तर्फ २१ करोड ११ लाख ६५ हजार, स्वास्थ्यमा २ करोड ९३ लाख ८५ हजार, कृषि तथा पशु सेवा विकास तर्फ २४ लाख ३९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

त्यस्तै, सबै वडाहरुमा ८ लाख ५० हजार रुपैयाँका दरले निर्दिष्ट शीर्षक रहने गरी प्रशासनिक खर्च विनियोजन गरेको छ ।

विनियोजित बजेटमा नगरपालिकाले विकास कार्यक्रम तर्फ ४५ करोड ५३ लाख ५६ हजार मध्ये पूर्वाधार विकासमा १० करोड, ३३ लाख ३० हजार रुपैयाँ, सामाजिक विकास तर्फ २७ करोड १५ लाख ३४ हजार रुपैयाँ, आर्थिक विकासमा ९५ लाख ९५ हजार, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ७२ लाख ७० हजार, संस्थागत विकास, सेवा प्रवाह एवं सुशासनमा ४ करोड ६६ लाख २७ हजार रुपैयाँ, सडक मर्मत सम्भारका लागि ७० लाख रुपैयाँ र प्रशासनिक खर्च तर्फ ६ करोड ९३ लाख ७७ हजार रुपैयाँ खर्च हुने नगर प्रमुख गौलीले अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

यस्तै, नगरपालिकाले चालु आर्थिक वर्ष मा १ करोड ३२ लाख ८० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?