Comments Add Comment

ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीलाई गोली लाग्यो


२३, साउन, काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जना गम्भीर घाइते भएका छन् ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

उनले भने, ‘म घटनास्थलमै छु । दुई वटा पेस्तोल भेटिएको छ । उनलाई अस्पताल पठाइएको छ ।’

खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment