Comments Add Comment

पहिरोले रसुवामा यातायात सम्पर्क बिच्छेद, ८ घर पुरिए, चारजना वेपत्ता

२३ साउन, नु्वाकोट । रसुवाको पहिरेवेशीमा गएराति पहिरो जाँदा ८ घर पुरिएका छन् । एकै घरका चार जना वेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा ७७ वर्षीय धर्मबहादुर थापामगर, ३३ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ वर्षीय भक्तबहादुर नगरकोटी छन् ।

उत्तरगया गाउँपालिका-४ पहिरेबेसीमा गएराति ९ बजेतिर खसेको पहिरोले खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छी मगर्नी, देवकी भुजेल, लालबहादुर थापामगर, गोपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरको घरमा क्षति पुगेको छ ।

पहिरोमा परेर लालबहादुर र उनकी श्रीमती बिन्दा घाइते भएका छन् । बिन्दाको अवस्था गम्भीर छ ।

दर्जनौंको संख्यामा घरपालुवा पशु पनि मरेका छन् । गाउँ पुग्ने सडक समेत पहिरोले बगाएको छ । बाटो नहुँदा उद्धारकर्तालाई घटनास्थलसम्म पुग्न समस्या परेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेसीसम्म पुग्ने सडकका बिभिन्नज ठाउँमा पहिरो गएकाले थप उद्धार टोली पठाउन समस्या भइरहेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको सेनाले खोजीकार्य जारी राखेको छ । श्रीनाथ गण नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुको खोजी गरिरहेको र पहिरोको दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख रोहित गुरुङले बताए । रसुवाबाट पनि उद्धारका लागि सेना घटनास्थलमा पुगेको छ ।

त्यसैगरी पहिरोको कारण ढुंगेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माझगाउँमा समेत पहिरो खसेपछि स्थानीयबासी त्रसित भएका छन् ।

बेत्रावती भन्दा माथिको सडको बीच-बीचमा पहिरो गएको कारणा रसुवामा यातायातका साधन बन्द छन् । मुस्किलले मोटरसाइकल मात्र गुड्छन् । बाटै नहुँदा जिल्ला सदरमुकाम र अन्य गाउँबाट आवत-जावत बन्द भएको छ । रसुवागढी आवत-जावत गर्ने मालबाहक साधन पनि रोकिएका छन् ।

आज बिहानैबाट रसुवामा नुवाकोटबाट जाने सवारी साधन प्रवेशमा रोक लगाइएको छ । नुवाकोट र रसुवाको सिमास्थल बेत्रावतीबाट ठूला सवारी साधन रसुवा प्रवेश गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment