Comments Add Comment

जिसस सल्यानले पूर्णता पायो, संयोजकमा बिष्ट निर्विरोध

२३ साउन, सुर्खेत । जिल्ला समन्वयन समिति (जिसस) सल्यानले पूर्णता पाएको छ ।

सहसंयोजकमा माओवादी केन्द्रका हरिप्रकाश वुढाथोकी निर्वाचित भएपछि जिससले पूर्णता पाएको हो ।

सोमबार भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सहसंयोजकमा उम्मेदवारी दर्ता गराएका कुलबहादर गिरीलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार हरिप्रकाश वुढाथोकी निर्वाचित भएका हुन् ।

सोमबार जिसस सल्यानको सभाहलमा भएको निर्वाचनमा एमालेका तर्फबाट सहसंयोजकमा उम्मेदवारी दिएका कुलवहादुर गिरीलाई २ मतको अन्तरले हरिप्रकाश वुढाथोकी पराजित गरेका हुन् ।

हरिबहादुरको पक्षमा ११ मत खसेको थियो भने कुलबहादुर गिरीको पक्षमा ९ मत खसेको निर्वाचन अधिकृत माधवेन्द्र राज रेग्मीले जानकारी दिए ।

संयोजकमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका केशबहादर बिष्ट यस अघि नै निर्विरोध निर्वाचित भैसकेका थिए ।

महिला सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देउरुपा भट्टराई र हीमा वुढाथोकीले समान ११ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी एमालेको तर्फबाट आशा वुढाथोकीले ९ मत प्राप्त गरी निवाचित भएकी छन् ।

दलित अल्पसंख्यकमा कांग्रेसकी सुस्मिता बुढाथोकीले १९ मत प्राप्त गरी निर्वाचित भइन ।

जिससमा निर्वाचित हुने अन्य सदस्यहरुमा कांग्रेसका रामबहादुर खड्का, कांग्रेसकै यज्ञबहादुर चन्द र माओवादी केन्द्रका पोखरबहादुर खत्री निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment