+
+

संस्कृति जोगाउन ताप्लेजुङमा रातभर धाननाच

रविन भट्टराई रविन भट्टराई
२०७४ साउन २४ गते ९:५६

२४ साउन, ताप्लेजुङ । वर्षमा एकपटक आयोजना गरिने धाननाच कार्यक्रम ताप्लेजुङमा सोमबार राति सम्पन्न भएको छ ।

लिम्बूहरुको लोपोन्मुख धाननाच संस्कृति जोगाउने उद्देश्यले प्रत्येक वर्षको साउन शुक्ल पूर्णिमाको रातमा धान नाच आयोजना गर्ने गरिएको छ ।

यस वर्ष पनि जिल्लाभरका लिम्बू समुदायका महिला–पुरुषलाई जम्मा गरी धाननाच आयोजना गरिएको आयोजक किँरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जानकारी दिएको छ ।

महिला तथा पुरुषले गोलाकार घेरा बनाई हात समातेर रोमाञ्चक शैलीमा धाननाच नाचिन्छ । धाननाच नाता नलाग्ने युवक–युवतीको समूहद्वारा पालामको लय र तालसंगै नाचिने नाच पछिल्लो समय लोप हुँदै जान थालेको छ ।

पालाम (धान नाच्दा गाइने गीत) को गेयात्मक माध्यमबाट केटाकेटीबीच मानवीय जीवनमा भोगिने जन्म, जीवन र मृत्युका विषयमा सवाल जवाफ चल्छ । पालामको नसामा फस्दै जाँदा युवक–युवतीले रातभर लगातार नाच्न सक्ने र यसबीचमा कतिपय केटाकेटीको ख्याल– ख्यालमै गहिरो माया बस्न जाँदा विवाहमा समेत परिणत हुने गरेका छन् ।

यसरी लिम्बू समुदायको परम्परामा बैबाहिक पद्दतिसँग पनि सम्बन्ध राख्ने धाननाच लोप हुन लागेकाले यसको गरिमा जोगाउन धाननाचको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?